चीनले चन्द्रमाबाट ल्यायाे दुई किलो माटो


काठमाडौ‌ं- चीनको मुन मिशन चन्द्रमाको सतहबाट माटो लिएर पृथ्वीमा पुगेको छ ।  चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर क्याप्सुलमा नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो । चीन चन्द्रमाको अँध्यारो पक्षबाट नमूना ल्याउन सफल भएको पहिलो देश बनेको छ ।

चीनले मे ३ तारिखमा चाङइ–६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागका गएर नमूना सङ्कलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

प्रतिक्रिया