‘बाबरी’मा धिरज ‘इन’ नितेश ‘आउट’


काठमाडौं– छायांकनमा जान तयार भएको चलचित्र ‘बाबरी’को मुख्य नायक परिवर्तन गरिएको छ । छायांकन सुरु हुन १६ दिन मात्र बा“की रह“दा ‘बाबरी’ को नायक परिवर्तन गरिएको हो । बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकन २० चैतबाट सुरु हुँदै छ ।

यो चलचित्रको छायांकन सुरु हुन केही समय बा“की रहेको अवस्थामा चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न नपाउने भएका छन् । नितेशले निर्माण पक्षसँगको सहमतिमै चलचित्र छाडेपछि अब यसमा पछिल्लो समयका हटकेक नायक धिरज मगरको प्रवेश भएको छ ।

धिरजले केही दिन अगाडि मात्र यो चलचित्र साइन गरिसकेका छन् । यो चलचित्र साइन गरेर धिरज चलचित्र ‘आई एम ट्वान्टी वान’को बा“की केही दृश्यको छायांकनका लागि धरान पुगेका छन् ।

चलचित्रमा अब नायक धिरज मगर र नायिका अदिती बुढाथोकी मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दैछन् । चलचित्रको वर्कशप भने भैसकेको छ । चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायिका अदिती मुम्बइबाट नेपाल आउनेछिन् ।

चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितीको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लागिएको छ ।

चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । नायक धिरज मगर भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा स्टार बनिसकेका छन् । यसैले, पनि धिरजको प्रवेशसँगै चलचित्रको स्टारकास्ट बलियो बनेको छ ।

 

प्रतिक्रिया