प्रहरी इन्सपेक्टर भन्दै भक्तपुरमा २ करोड लुटपाट,दुईजना पक्राउ


काठमाडौं – आफुलाई प्रहरीको इन्सपेक्टर भन्दै भक्तपुरमा २ करोड लुटपाट भएको छ ।

घटना मंगलबार रातिको भएपनि ढिलोगरी खबर बाहिरीएको हो ।

भक्तपुरका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको हो । आफूहरू प्रहरी भएको भन्दै चार÷पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए ।

तर घटनाबारे विस्तृत विषय आइनसकेको र अनुसन्धान जारी रहेको उनले बताए ।

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केही फरार रहेको बताइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले अनुसन्धान जारी रहेकाले अहिले केही भन्न नसकिने बताए ।

प्रतिक्रिया