दलित समुदायप्रति गायिका मधुको विभेदपूर्ण अभिव्यक्ति, लाइभमै अपमान [भिडियोसहित]


काठमाडौं– ‘सोचे झै जीन्दगी रैनछ’ भन्ने गीतबाट चर्चामा आएकी गायिका मधु क्षेत्रीबारे पछिल्लो केहीदिन यता सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । लामोसमयपछि घरबार जोडेकी गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा परेको उनैले बताएकी थिइन् ।

अस्ट्रेलिया बस्दै आएका सुरेश खड्कासँग करिब २ वर्ष अघि १७ वर्षीया छोरीसहित वैवाहिक बन्धनमा बाँधिएकी गायिका मधु क्षेत्रीले आफूमाथि दुव्र्यवहार भएको भन्दै केहीदिन अघि सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।

छोरीसहित अस्ट्रेलिया गएकी मधुलाई श्रीमान् सुरेशले कुटपिट र हेला गरेको मधुले टिकटक लाइभमार्फत् बताएका थिइन् ।

उक्त घटना सेलाउन नपाउदै उनको अर्को भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त लाइभ भइरहेको भिडियोमा मधुले दलित समुदायप्रति विभेदपूर्ण र अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौच गरेकी छिन् । यद्यपि उक्त भिडियो कहिलेको हो भनेर खुलेको छैन ।

 

प्रतिक्रिया