प्रहरी जवान करिश्मा मृत्यु प्रकरणः प्रहरी जवान नै पक्राउ


काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा एक पुरूष पक्राउ परेका छन् ।

आत्महत्या बारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर पनि प्रहरी जवान नै रहेको खुलेको छ ।

हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेलस्थित शौचालयमा झुन्डिएको अवस्थामा ३१ जेठमा मृत भेटिएकी थिइन् ।

करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया