

६ लाख घुस लिने नासु र लेखनदासविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं – मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा र लेखनदासविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।
कार्यालय प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालविरुद्ध ६ लाख रुपियाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।
सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई चाँडो काम गरिदिने भन्दै उनीहरुले ६ लाख रुपियाँ घुस लिएका थिए ।

