भोलिदेखि पून: मतदाता नामावली संकलन शुरू गर्दै आयोग


काठमाडौं – निर्वाचन आयोगले गत पुस ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली भोलि चैत्र ५ देखि पुन सुचारू गर्ने निर्णय गरेको छ ।

स्थगित मतदाताको नामाओली बिहिबार देखि पून सुचारु गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले १८ वर्ष उमेर पुगेका १ करोड ६२ लाख ४३ हजार मतदाताको अन्तिम नामावली अद्यावधि गरेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावमा मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन कार्य बन्द गरेर अद्यावधिक गर्ने काम शुरू गरेको थियो । पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

‘२०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ,’ आयोगले बिहीवार विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

 

प्रतिक्रिया