जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


वीरगन्ज- श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा  रौतहट प्रहरीले श्रीमानलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका- ५ मदनी चोक बस्ने ३४ बर्षका मसुद आलम लहेरी रहेका छन् ।

उनले गत शुक्रबार बिहान आफ्नो जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसालाई  फुसको घरमा घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ।  निजले अपराध स्विकारेको रौतहटकी प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेका लहेरीविरूद्ध ज्यान सम्बन्धि कसुर मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको गिरीले बताइन् ।

प्रतिक्रिया