अभियन्ता हौं भन्दै ठगी गर्ने चारजना काठमाडौंबाट पक्राउ


काठमाडौं–आफुलाई सामाजिक अभियन्ता भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर नगरपालिका–८ का २६ वर्षीय आर्दश क्षेत्री, गोकर्णेश्वर नगरपालिका–१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर नगरपालिका–२ का ४५ वर्षीय प्रेम प्रसाद श्रेष्ठ छन् ।

उनीहरुलाई जिल्ला परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरुले गोकर्णेश्वर नगरपालिका भित्र बेथिती एवं भष्ट्राचार विरुद्धको अभियान २०८० भन्दै कार्यालय समेत खोलेका थिए ।

उनले आफुहरु भष्ट्राचार विरोधी अभियन्ता भएको बताउँदै विभिन्न सरकारी कार्यालय,संघसंस्था लगायतमा गएर ती कार्यालयविरुद्ध उजुरी परेको र आफुहरु छानबिन गर्न आएको बताउँदै आएको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिको भिडियो बनाई अनाधिकृत तवरले रकम असुली गरि ठगी गर्ने तगा पुष्टि नै नभएका कुरालाई सामाजिक सञ्जालमा राखेर चरित्य हत्या गर्ने गरेको पाइएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया