

कुकुरको बच्चालाई जिउँदै खाल्डोमा पुर्ने ३ जना पक्राउ

काठमाडौं- कुकुरको बच्चालाई घेरा हाले कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।
पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टबाट कुकुरको बच्चालाई तड्पाएर हत्या गरेको भिडियो भाइरल भएको थियो ।
नेपालको प्रचलित कानुनले पशुप्राणीलाई निर्दयी व्यवहार गर्ने र क्रूरतापूर्वक हत्या गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधानकाे व्यवस्था गरेकाे छ ।

