बैतडीमा पुरुषको हत्या आरोपमा शिक्षिका पक्राउ, भेटिएन शव


बैतडी- बैतडीमा एक पुरुषको हत्या आरोपमा शिक्षिका पक्राउ परेकी छिन् । जिल्लाको पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा भागरथी विष्ट पक्राउ परेकी हुन् ।

सवारी चालक रहेका विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्तले दिपक बिष्टले बताए । तर, सोमबार बिहान स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

पाटन नगरपालिका–६ कै एक विद्यालयमा कार्यरत शिक्षिकाले केही पुरुषको समूह प्रयोग गरेर बिष्टको हत्या गरेको आफ्न्तको आरोप छ । पक्राउ परेकी महिलाले हालसम्म २ जना पुरुषको परिचय प्रहरीलाई बयानमा दिइसकेकी छिन् । बयानपछि प्रहरीले दुवैजनाको खोजी गरिरहेको छ । अहिले प्रहरीले मृतक भनिएका विरभानको खोजीसमेत गरिरहेको छ ।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

प्रतिक्रिया