

कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न ४ जना महिला पुरुष पक्राउ

काठमाडौं – कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न चारजना महिला पुरुष पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरी टोलीले गोदावरी नगरपालिका– २ का होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
होटलहरुमा शंका लागी चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न २ पुरुष र २ जना महिला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरी सार्वजनिक हित समेत बिरुद्धको कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

