पाल्पाको निस्दीबाट रामपुर आउँदै गरेको जीप दुर्घटना, ९ जना घाइते


रामपुर – पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न् ।

आइतबार बिहान साढे ४ बजेतिर  निस्दी गाउँपालिका केन्द्रबाट रामपुर फर्किंदै गरेको बा१५च ५९४ नम्बरको स्कार्पियो निस्दी–४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको अवस्था मध्यम रहेको छ । जीप सडकको बायाँतिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया