अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ


काठमाडौं -अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । बर्दिया, गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट अवैध लागूऔषध खैरो पदार्थ ५ सय ७० मिलिग्रामसहित बर्दिया मधुवन नगरपालिका–७ ताराताल बस्ने ३५ वर्षीय दिनेश मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–७ बुधवारे चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, ट्रामाडोल ६ क्याप्सुल, स्पास्मो ६ ट्याब्लेट र नाइट्रोजन पेन १ ट्याब्लेटसहित धरान उपमहानगरपालिका–१३ सुर्यमार्ग बस्ने २८ वर्षीय श्याम बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभा, खाँदबारी नगरपालिका–१ टुडिखेलस्थित खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित भारत बिहार तेत्रीवाडी बस्ने ३० वर्षीय एमडी साहेवजामलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–४ पोखरीबाट अवैध लागूऔषध गाँजा ५० किलोग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुलिङटार गाउँपालिका–४ बस्ने ४८ वर्षीय भबिलाल गाहा, ४३ वर्षीय लाल बहादुर सोती र ४४ वर्षीया पदम सोती रहेका छन् ।

झापा, बिर्तामोड नगरपालिका–१ धिमाल बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्रामसहित कचनकवल गाउँपालिका–३ घर भएका ३६ वर्षीय अलाउदिन मियालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर, पुनर्बास नगरपालिका–१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित बेलौरी नगरपालिका–४ मोतिपुर बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, गौरीगंगा नगरपालिका–८ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने ३० वर्षीय सरोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै कैलालीकै टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया