कुटपिट गरी हत्या,तीनजना पक्राउ


काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे सहित तीनजना छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही उपमहानगरपालिका–१९ भिक्टोरिया आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया