भक्तपुरबाट चार चिनियाँ पक्राउ, ६९ लाख बरामद


भक्तपुर– भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ परेका छन् । स्रोत नखुलेको अवैध ६९ लाख पाँच हजार रुपैयाँसहित साँगाबाट उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।
बुधबार सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत सो रकम भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया