

ठमेलका सडकमै यौनधन्दा चलाउँदै युगान्डाका ‘सेक्स वर्कर’, कसरी आइपुगे काठमाडौं ?
राति ११ बजेपछि निस्कने, निसानामा ‘मापसे’ गरेकाहरु

काठमाडौं – प्रहरीले शुक्रबार काठमाडौं ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका १५ महिलालाई सार्वजनिक गर्यो ।
प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ हो । ठमेल क्षेत्रमा अनौतिक क्रियाकलाप गरेको सुचनापछि प्रहरी बृत्त लैनचौरको टोली त्यहाँ पुगेको थियो । प्रहरी अपरेसनका क्रममा पक्राउ परेका १५ मध्ये नौं विदेशी महिला भेटिए । नौंमध्ये आठजना युगाण्डाका र एकजना केन्याकी महिला थिइन ।
उनीहरुले ठमेलको सडकमा रातको समयमा विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिकस्थलहरुमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाई छ ।
युगाण्डाका ‘सेक्स वर्कर’ कसरी आइपुगे काठमाडौं ?
प्रहरीले पक्राउ गरेकामध्ये आठजना युगाण्डाका महिला छन् । उनीहरुको उमेर २६ देखि ५४ सम्म छ । गरिब मुलुक युगाण्डाबाट आएका उनीहरु सबै भिजिट भिषामा नेपाल आएको देखिन्छ । ३ महिनाको भिजिट भिषामा आएका उनीहरु आपसमा परिचित पनि छन् ।
प्रहरी वृत्त लैनचौरका डीएसपी सत्य नारायण थापाका अनुसार उनीहरु ठमेल क्षेत्रका विभिन्न क्षेत्रमा बस्दै आएका थिए ।
भिजिट भिषामा आएपनि उनीहरुको सबैको नेपाल बस्ने समय बाँकी छ । डीएसपी थापाका अनुसार अनुसन्धानका क्रममा उनीहरु सबै डिभोर्सी र श्रीमानसंग सम्बन्ध बिग्रीएका महिला भएको खुलेको छ । उनीहरुले युगाण्डामा आफ्नो पारिवारिक अवस्था कमजोर भएकाले नेपाल आएको बताएका छन् ।
नेपाल आइसकेपछि विभिन्न होटेलमा बसेर उनीहरुले ‘सेक्स वर्कर’को रुपमा काम गर्न थाले ।
उनीहरुले अंग्रेजी राम्रोसंग बोल्न समेत जानेका छन् । गुगलमा नेपालबारे जानकारी भएर आफुहरु आएको उनीहरुले बताएका छन् । डीएसपी थापाका अनुसार उनीहरु चीन,भारत,टर्की र माल्दिभ्स समेत गएको खुलेको छ । नेपालमा भने उनीहरु पहिलोपटक आएको खुलेको छ ।
मापसे गरेकालाई टार्गेट !
प्रहरी अनुसन्धानका क्रममा उनीहरु दिउँसो सक्रिय नहुने गरेको पाइएको छ । रातको समयमा उनीहरु सबैजसो ठमेल लगायतका क्षेत्रमा निस्कने गरेका थिए ।
डीएसपी थापा भन्छन्,‘राति पनि ११ बजेपछि मात्रै उनीहरुको चहलपहल हुने गरेको पाइयो । विभिन्न कुनामा बसेर उनीहरुले पुरुषलाई जिस्काउने लगायतका काम गर्ने गरेको देखियो । उनीहरुको अनैतिक क्रियाकलाप देखेपछि हामीले पक्राउ गरेका हौं ।’
अनुसन्धानमा क्रममा उनीहरुले मापसे अर्थात मादक पदार्थ सेवन गरेका पुरुषलाई टार्गेट गर्ने गरेको पाइएको छ । उनीहरुले मौका पाए अध्यारो कुनामै लगेर सडक छेउमै समेत अश्लील हर्कत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले आफ्ना यौन ग्राहकलाई सडकमै रमाइलो गर्नेदेखि होटलमा आफु बसेको कोठासम्म लैजाने गरेको पाइएको छ । उनीहरुले कम्तिमा १५ सय रुपैयाँबाट बार्गेनिङ गर्ने गरेको खुलेको छ । उनीहरुले पहिलोपटक नेपाल आएको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध पाँच दिन म्याद लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ ।
यी हुन् पक्राउ परेका विदेशी महिला

