झरनामा फोटो खिच्न जाँदा लडेर एकजनाको मृत्यु, तीन घाइते


पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका– ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नामा फोटो खिच्ने क्रममा चिप्लेर लड्दा घाइते भएका फिदिम– २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको हो ।

उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदिप आङवो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।

उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथरका प्रहरी प्रमुख हेमन्तबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया