नेदरल्याण्डसँग खेल्नुअघि नेपाली टोलीले पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्‍यो


काठमाडाैं- आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेको छ ।

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुअघि टिमले युलेसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारमा पूजा–आराधना गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दै छ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया