विप्लव समूहकी नेतृ उमा भुजेलको घरमा टाँसियो पक्राउ पुर्जी (पूर्जीसहित)


गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल ‘शिलु’ को घरमा पक्राउ पुर्जी टाँसिएको छ। गोरखाको अजिरकोट गाउँपालिका–३ भच्चेक काफलडाँडामा रहेको भुजेलको घरमा पक्राउ पुर्जी टाँसिएको हो।

जिल्ला अदालत मोरङबाट जारी कर्तव्य ज्यान मुद्दाको उक्त पुर्जी भच्चेकमा कार्यरत प्रहरीले मंगलबार बिहान पुर्जी टाँसेको हो। सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि पनि प्रहरीले सो पार्टीका नेता÷कार्यकर्ताहरुको घरमा पक्राउ पुर्जी टाँस्न छाडेको छैन।

पक्राउ पुर्जीमा भुजेललाई ३५ दिनभित्र अदालतमा उपस्थित गराउन भनिएको छ। गत फागुन २१ गते सरकार र नेकपाबीच प्र्रतिबन्ध फुकुवा गर्ने, जेल तथा हिरासतमा रहेका सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्ने र सबै मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो।

प्रतिक्रिया