१८ दिनदेखि नर्भिकको भेन्टिलेटरमा छन् कांग्रेस नेता नविन्द्रराज जोशी, अवस्था नाजुक


काठमाडौं– मस्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएकोछ।

१८ दिनदेखि नर्भिकको भेन्टिलेटरमा उनलाई राखिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको थियो। शल्यक्रिया गरेर भेन्टिलेटरमा राखिए पनि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताइन्छ।

नर्भिकलगायत नेपालका राम्रा न्युरो सर्जनले उनको उपचार गरेका थिए। तैपनि उनको अवस्थामा भनेजस्तो सुधार नआएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया