

काठमाडौंमा गेष्ट हाउसबाट ७२ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं – काठमाडौंको एक गेष्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरका ५० वर्षीय भिमसेन विश्वकर्मा र भोजपुरकै २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले बरामद भएको रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

