गगन थापाले प्रधानमन्त्रीसँग हिसाब किताब लिने


काठमाडाैं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग हिसाबकिताब खोजिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

। ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि बयान लिने बताएका छन् ।

 

प्रतिक्रिया