चेकको फोटोकपी दिएर ठगी, एकजना पक्राउ


काठमाडाैं- नक्कली चेक दिएर ठगी गरेको आरोेपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसी बस्ने वर्ष ४८ को अनुप कुमार सिंह रहेका छन् ।

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका २८ वर्षका अनिल पुन मगरलाई आरोपीले रङ्गिन फोटोकपी गरेको चेक दिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

 

प्रतिक्रिया