नुवाकोटमा खुकुरी हानेर आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ
विदुर- नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन् ।
सोमबार साँझ मानेगाउँका अन्दाजी ७० वर्षीय समसिङ तामाङको हत्या आरोपमा उनका भाइ ६० वर्षीय सिंहबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ ।
सिंहबहादुरले घाँटीमा खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।