ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु


विराटनगर- मोरङको सुनवर्षीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

कोठाभित्र काम गरिरहेका बेला ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा सोमबार राति ९ः३० बजेतिर अचानक करेन्ट लागेर साह घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ १०ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए ।

 

प्रतिक्रिया