सातदोबाटोमा बाटो काट्दै गरेकी अप्सराको ट्रकको ठक्करबाट मृत्यु


काठमाडौं – ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ठक्कर दिएको थियो ।

उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया