गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता


काठमाडाैं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट हटाएर छानबिनको दायरामा ल्याउन माग गर्दै मुद्दा दायर भएको हो । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ ।

विपक्षी उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा, अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नका लागि अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

प्रतिक्रिया