सगरमाथा शिखरमा सशस्त्रको झण्डा, इन्स्पेक्टर पौडेलले गरे सफल आरोहण


काठमाडौं – सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर इतिहास रच्न सफल भएका छन् ।

उनले सगरमाथामा पुगेसँगै शिखरमा सशस्त्र प्रहरी बलको झण्डा समेत फर्रफराएका थिए ।

इन्स्पेकटर पौडेल सशस्त्र प्रहरीको इतिहासमा सबैभन्दा पहिलोपटक सगरमाथा आरोहण गर्न सफल भएका हुन् ।

इन्स्पेक्टर पौडेलले सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको जनाइएको छ ।

उनले सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक सगरमाथा आरोहणको रेकर्ड बनाएका छन् ।

प्रतिक्रिया