

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथोपटक विश्वासको मत पाएका छन् । सोमबार दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् ।
प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको हो । मतदानमा १५८ सांसद उपस्थित थिए ।
उपेन्द्र यादवको पार्टी जसपा विभाजन भएपछि प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिएका हुन् ।

