

नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस, एक नम्बरमा पोखरेलले बाजी मारे

काठमाडौ – नेपाल प्रहरीका ४ नायब महानिरीक्षक (डिआईजी)हरुको बढुवा सिफारिस भएको छ ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवामा हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन् ।

