

ड्युटी सकेर घर जाँदै गरेका ट्राफिक जवान मृत भेटिए

काठमाडौं – राजधानीको मनमैजुमा एक जना ट्राफिक प्रहरी मृत भेटिएका छन् ।
बालाजु प्रभागअन्तर्गत कार्यरत एक ट्राफिक प्रहरी जवान मनमैजुमा मृत अवस्थामा भेटिएको छ ।
ड्युटी सकेपछि निवासमा जाँदै गरेका ट्राफिक जवान केही बेर अघि मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
विस्तृत जानकारी आउन बाँकी ।

