

खेतको सिमानाबारे झगडा हुँदा कोदालो प्रहार गरी एकजनाको हत्या

जनकपुरधाम- सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।
बिहीबर बिहान खेतमा गएका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेर उनकाे हत्या गरेकाे प्रहरीले जनाएको छ । हत्यापछि बचाई महतो फरार भएका छन् ।
प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।
मृतककाे शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

