ओलीलाई देउवाको प्रतिप्रश्न: आफूले निर्णय गर्ने अनि कांग्रेसलाई दोष दिने ?


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको भन्दै प्रतिक्रिया दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देउवाले गिरिबन्धु टी-स्टेटको जग्गा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालामा बिक्री भएको बताएका हुन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए । त्यसकै जवाफ दिंदै बिहीबार देउवाले भने, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’

उनले अदालतले नै फैसलामा ओलीले नै निर्णय गरेकाे स्मरणा गराए। ‘उहाँ कांग्रेसको पालामा भएको भन्नहुन्छ । गिरिजाबाबु र म प्रधानमन्त्री भएको हो । हाम्रो पालामा भएको छैन ’ देउवाले भने ।

प्रतिक्रिया