

आफ्नै डेढ वर्षकी छोरीलाई पासो लगाएर भिडियो बनाउने आमा

रुकुम पश्चिम– रुकुम पश्चिममा आफ्नै छोरीलाई पासो लगाएर मार्न खोजेको आरोपमा महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नन्दकलीले हिजो(मंगलबार) आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन् । उनले भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबैमा रहेका श्रीमान्लाई पठाइन् ।
भिडियो देखेपछि श्रीमान्ले विदेशबाट घरका सदस्य र छरछिमेकलाई खबर गरेका थिए । छिमेकीहरूले तुरुन्तै घरमा पुगे बालिकाकाे उद्धार गरेका थिए ।
नाबालिकाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरिरहेकाे जनाएकाे छ ।

