भक्तपुरबाट वनएक्स बेटका एजेन्ट पक्राउ, २ अर्बभन्दा बढीको कारोबार


काठमाडौं- प्रहरीले वनएक्स बेट लगायत अवैध सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै काभ्रेको मण्डनदेउपुर घर भएका २४ वर्षीय अनिल ढुङ्गानालाई सार्वजनिक गरेको हो ।

उनले विगत ४ वर्षको अवधिमा २ अर्ब एक करोड रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको बताइएको छ ।

प्रतिक्रिया