पिलभीतमा चाउचाउ खाएका बालकको मृत्यु, ६ जना बिरामी


नयाँ दिल्ली-  भारत उत्तर प्रदेश राज्यको पिलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको बताइएकाे छ । चाउचाउ खाएपछि एक परिवारका ६ जना बिरामी भएका थिए भने अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको आजतकले जनाएकाे छ ।

फुड प्वाइजनिङका कारण सबै बिरामी भएको आशंका गरिएको छ ।  बाँकी बिरामीको अवस्था  स्थिर रहेको बताइएको छ ।

खाद्य अधिकारीहरुले भने परिवारका सदस्यले चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुनसक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया