‘पुष्पा’ फेम अल्लु अर्जुनविरुद्ध मुद्दा दायर


काठमाडौं- पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् । आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रविचन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठूलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्दा दायर गरेको छ ।

अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको र यसले ठूलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ ।

 

प्रतिक्रिया