‘भगवानको पालादेखि खुट्टा ढोग्ने चलन छ, गायिका भएँ भन्दैमा संस्कृति बिर्सन मिल्दैन’


काठमाडौं-  विवाहपछि गायिका एलिना चौहानले लामाे समय खुट्टा ढोगेको भिडियोले सामाजिक संजालमा भाइरल बनेकाे थियाे । भिडियोमा एलिनाले दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेको देखिन्छ ।

सोही भिडियोलाई लिएर थुप्रै आचोलकहरुले उनको उक्त कार्यको विरोध गरेका थिए । सोही विषयमा गायिका चौहानले पनि आफ्नो तर्क गरेकी छिन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘म लोकप्रिय गायिका सँगै कसैको श्रीमती पनि हुँ नि । म गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन मिल्दैन । भगवान त भगवानै हो नि, तर भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको छ नि । राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौं नि ।’

उनले आफ्नो खुशीको लागि खुट्टा ढोगेको बताएकी छन् ।

 

प्रतिक्रिया