काठमाडौंका २ होटेलबाट एक चिनियाँ र एक नेपाली पक्राउ


काठमाडौं- काठमाडौंबाट प्रहरीले एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । क्षेत्रपाटीस्थित जियाङ्ग सु होटल  र ठमेलस्थित होटल छेङ्दुबाट ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ पक्राउ परेकाे केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ ।

क्षेत्रपाटीस्थित जियाङ्ग सु होटलबाट पक्राउ गरिएका चिनियाँको साथबाट ३७ लाख नेपाली रुपैयाँ, अमेरिकन डलर, थाइ भाट, भारतीय रुपैयाँ र चिनियाँ युआन बरामद भएकाे छ । भने,  होटल छेङ्दुबाट पक्राउ परेका दीपेन्द्र श्रेष्ठको साथबाट ९ लाख रुपैयाँ बरामद गरिएको छ ।

राजस्व छलेको आशङ्कामा प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रतिक्रिया