सामूहिक बिदामा जाने एयर इन्डिया एक्सप्रेसका कर्मचारी बर्खास्त


नयाँ दिल्ली- भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई निष्काशन गरेकाे छ ।

निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको छ ।

दुई दर्जनभन्दा धेरै कर्मचारीहरूले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्द गर्नुपरेको थियो । त्यसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।

एयर इन्डिया एक्सप्रेसको केबिन क्रूको कर्मचारी सङ्गठनले कम्पनीमाथि कुव्यवस्थापन र असमान व्यवहार गरेको आरोप लगाएको छ । कर्मचारीहरूले एयर इन्डिया एक्सप्रेस, एयर इन्डिया एक्सप्रेस कनेक्ट र विस्तारा एयरलाइन्सको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया