‘एलिना झनक्क रिस उठ्ने स्वभावकी छिन्’


काठमाडौं- भरखरै विवाह गरेकी गायिका एलिना चौहान र विष्णु सापकोटाले एक टिभी अन्तर्वार्तामा  सम्बन्धको विगत र वर्तमानबारे खुलेर कुरा गरेका छन् ।

सोही क्रममा विष्णु सापकोटासँग प्रेम प्रस्ताव पहिलो आफैले राखेको खुलासा गरेकी छन् । ‘पहिलो भेट देखिनै म उहाँप्रति आकर्षित भएको थिएँ । कोही छैन भनेपनि ठिक छ भनेर प्रस्ताव राखेको थिएँ उनले भनिन् । आफूले ‘आई लभ यु भनेर प्रपोज नराखेको तर आफ्नो कुरा भने राखेको उनको भनाइ थियो ।

उनले विवाहपछि केही  परिवर्तन हुनेसमेत बताएकी छिन् ।  ‘अलि अर्कै हुने रहेछ । धेरै सोच्नुपर्ने रहेछ । बोल्दा, हिंड्दा । म त बुहारी हो है भनेर भित्रभित्रै डर पस्दो रहेछ । अरुले केही नभनेपनि, नगरेपनि यस्तो भन्छन् कि गर्छन् कि भन्ने लाग्दो रहेछ’ उनले भनिन् ।

अन्तर्वार्तामा विष्णुले पनि विगतबारे कुरा गरेका छन् । उनले  विवाहपछि आफूले पनि एलिनामा केही परिवर्तन देखेको बताए । उनले भने, ‘यसअघि कलाकार मात्र थिइन् भने अहिले कसैको बुहारी, भाउजू । धेरै भूमिका उनको थपिएको छ । चुलबुले चञ्चले स्वभावकी छिन् उनी । ज्ञानी भएकी छिन् । एलिना दयालु भएपनि झनक्क रिस उठ्ने स्वभावकी छिन् ।’

एलिनाले प्रेमी विष्णुसँग गत वैशाख ५ गते परम्परागत विधिबाट विवाह गरेकी हुन् ।

प्रतिक्रिया