

‘सन्दीपलाई कि सजाय देउ, कि विश्वकप खेल्न देउ’

काठमाडौं- सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएपछि गायिका रचना रिमालले रोष पोखेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ ।’
आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।
पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको थियाे । सन्दीपले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

