
आज काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर
काठमाडौं- ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आइतबार काठमाडौं उपत्यकामा विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ ।
काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८७ छ । एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।
देशका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको छ । पानी नपर्दासम्म प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



कागजपत्र |
