म र मेरो टिमले गरेको गल्तीले दुर्घटनामा पर्‍यौं : विशाल भण्डारी


काठमाडौं-  कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारणमा आउने भएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ भाग प्रसारणको जानकारी दिएका हुन् ।

‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो’, उनले भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन् ।

दुई साताअघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया