कांग्रेसका युवा नेता धिरेन सांस्कृतिक महासंघको केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघको केन्द्रीय सदस्यमा धिरेनविक्रम मोक्तानलाई मनोनयन गरिएको छ ।

महासंघका केन्द्रीय तीर्थबहादुर थापाका अनुसार मोक्तानले नेपाली कांग्रेसको उत्थान, प्रवद्र्धन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका मोक्तानलाई नेपाल सांस्कृतिक महासंघको विधान, २०६२ (संशोधनसहित) को भाग ५ (३५) १ र ३ बमोजिम आगामी महाधिवेशनसम्मका लागि महासंघको केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

महासंघको केन्द्रीय समितिको प्रथम ऐतिहासिक बैठकका अवसरमा मोक्तानलाई मनोनयन गरिएको पत्र हस्तान्तरण  गरिएको थियो ।

प्रतिक्रिया