

मानव बेचविखन गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं- रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष घलेमाथि मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ । २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न अरु दुई जना फरार छन् ।

