काठमाडौंमा देखिन थाल्यो डेंगी, एक सातामा देशभर ४० संक्रमित थपिए


काठमाडौं — पछिल्ला दिनमा गर्मीसँगै उपत्यकामा डेंगी संक्रमण बढ्न थालेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको छ ।

महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स) को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौंमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ ।

बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगी पुष्टि भएको इडीसीडीले जनाएको छ ।

May be an image of text

प्रतिक्रिया