नेफ्टा अवार्डका दिन छायांकन रोकेरै भएपनि उपस्थित हुन संघको आग्रह


काठमाडौं – नेपाल चलचित्र निर्माता संघले नेफ्टा चलचित्र अवार्डका दिन सम्पूर्ण चलचित्रको छायांकन रोक्न अनुरोध गरेको छ ।

संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा आगामी फागुन २९ गतेका लागि तोकिएको दशौं नेफ्टा फिल्म अवार्डलाई सफलताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण चलचित्रक्षेत्रसँग सम्बन्धित व्यक्तिहरु कार्यक्रममा उपस्थित भई अवार्ड कार्यक्रम सफल बनाउनका लागि अनुरोध गर्दै त्यसका लागि अति आवश्यकबाहेकका चलचित्र छायांकन एक दिनका लागि रोक्दै कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरिएको छ ।

विज्ञप्तिमा उक्त कार्यक्रममा चलचित्रको छायांकन रोकेरै भए पनि कार्यक्रममा सहभागी भई कोरोनाका कारण विगत लामो समयदेखि जर्जर अवस्थामा रहेको चलचित्रकर्मीलाई हौसला र सम्मान गर्न समेत अनुरोध गरिएको छ ।

May be an image of text

प्रतिक्रिया