

ललिता निवास प्रकरण : वर्ष दिन बित्दा पनि म्याद बुझ्न गएनन् गच्छदार

काठमाडौं – ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सुनसरी जिल्ला अदालतले स्थायी ठेगानामा पठाएको म्याद बुझ्न ढिलाई गरेका छन् ।
विशेष अदालतले २० फागुन २०७६ मा जिल्ला अदालत सुनसरीमा म्याद पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । ६ महिना भित्र मुद्दाको फैसला हुनुपर्नेमा एक वर्षमा पनि गच्छादारले म्याद बुझ्नु आलटाल गरेको पाण्डेयले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारसँग आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

